गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुलाई पितृशोक
पाेखरा | बैशाख २८, २०८०
काठमाडौं: बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ ।
तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो ।
पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए ।
पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए ।
उनी वि सं १९८९ साउन ७ मा जन्मिएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

